Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गत महिना आन्तरिकतर्फ लक्ष्य नजिक, भन्सारतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन

गत महिना आन्तरिकतर्फ लक्ष्य नजिक, भन्सारतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौं, ४ भदौ । चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलनमा उल्लेख्य सुधार भएको छ । सो अवधिमा आन्तरिकतर्फको राजस्व संकलन लक्ष्य नजिक रहेको छ भने भन्सारतर्फ लक्ष्यभन्दा बढी राजस्व असुली भएको देखिन्छ ।
आन्तरिक राजस्व विभागका अनुसार साउनमा रू. ३५ अर्ब राजस्व संकलनको लक्ष्य रहेकोमा ३४ अर्ब ७४ करोड उठेको छ, जुन निर्धारित लक्ष्यको ९९.२६ प्रतिशत हो । गत आर्थिक वर्षमा कोरोना महामारीका कारण सरकारको राजस्व संकलन नराम्ररी प्रभावित भएकोमा चालू आवको पहिलो महिनाको राजस्व संकलनले भने सकारात्मक संकेत गरेको छ । यसमा मुख्य कारण लकडाउन खुलेसँगै गत आर्थिक वर्षमा उठ्न बाँकी भ्याट र अन्तःशुल्कको रकम असुली भएको विभागका अधिकारीहरूको भनाइ छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत महिना कुल आन्तरिक र भन्सारतर्फको गरी कुल रू. ५८ अर्ब ८१ करोड राजस्व संकलन भएको छ । साउनमा भ्याट र आयकर गरी रू. २९ अर्ब ३३ करोड र अन्तःशुल्कतर्फ रू. ५ अर्ब ४१ करोड उठेको छ ।
यसैगरी साउनमा भन्सार राजस्व लक्ष्यभन्दा बढी उठेको छ । सो अवधिमा विभागले भन्सार राजस्वतर्फ रू. १९ अर्ब ८९ करोड असुलीको लक्ष्य राखेकोमा २२ अर्ब ८४ करोड संकलन भएको हो, जुन लक्ष्यभन्दा करिब १५ प्रतिशत बढी हो । लकडाउनपछि अत्यावश्यक वस्तुका साथै पेट्रोलियम पदार्थ, मोटरसाइकल लगायत मेशिनरी सामग्रको आयात बढेकाले भन्सार राजस्व संकलनमा उल्लेख्य सुधार आएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x