Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से परिसूचक ४ अंक घट्यो, करिब २ अर्बको कारोबार

नेप्से परिसूचक ४ अंक घट्यो, करिब २ अर्बको कारोबार

काठमाडौं, ११ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर १४५८.०४ विन्दुमा झरेको हो । त्यस्तै हिजोको तुलनामा आज कारोबार रकममा पनि ६७ हजार रुपैयाँ कमी आएको छ । हिजो २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज १८८ कम्पनीको २८ हजार ३८५ पटकको कारोबारमा ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर १ अर्ब ९८ करोड रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २३ करोड १२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको अन्तिम शेयर मूल्य ७०९ कयम भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि आज पनि एनआरएन इन्फ्राइस्टक्चर डेभलपमेन्ट लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ९.८२ प्रतिशत वृद्धि भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको भने ४.०७ प्रतिशत शेयर मूल्य घटेको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । परिसूचक वृद्धि हुनेमा निर्जीवन बीमा समूह ०.२७ प्रतिशत, उयत्पादन समूह १.४४ प्रतिशत र जीवन बीमा समूह ०.१२ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x