शुक्लाफाँटामा उल्लेख्य संख्यामा बढे कृष्णसार

कञ्चनपुर, २१ भदौ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा स्थानान्तरण गरी ल्याइएका कृष्णसारको संख्या उल्लेख्य वृद्धि हुँदै गएको छ । शुरूमा स्थानान्तरण गर्दा ४२ कृष्णसार ल्याइएका थिए भने ६ वर्षको अवधिमा संख्या बढेर ११३ पुगेको छ ।
लोपोन्मुख अवस्थामा पुगेका कृष्णसारको संरक्षण गर्न आरक्ष कार्यालयले नेपालगञ्ज नगरपालिकाको स्वामित्वमा रहेको चिडियाखाना र ललितपुरको जावलाखेल चिडियाखानाबाट कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । शुक्लाफाँटामा २०६९ साल असोजमा २ गते नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा वर्दिया खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ स्थानान्तरण गरिएका हुन्। स्थानान्तरणपछि संरक्षण क्षेत्रमा ल्याइएका दुई बच्चाको मृत्यु भएको निकुञ्जले बताएको छ । निकुञ्जले कृष्णसारको स्थानान्तरणको सुरुको वर्षमा ६० र २०७४–०७५ मा ७० ओटा पुगाएको थियो ।
यस्तै २०७५–७६ सालमा बढेर कृष्णसारको सङ्ख्या ८९ ओटा पुगेको थियो । यसैगरी २०७६–७७ को हाल सम्म बढेर कृष्णसारको सङ्ख्या १ सय १३ ओटा पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए ।
नेपालका लागि दुर्लभ मानिएको कृष्णसार अहिले बर्दिया जिल्ला र कञ्चनपुरमा मात्रै रहेको उनले बताएका छन् । कञ्चनपुरको हिरापुरमा सुरुको वर्षमा १७ हेक्टरमा स्थानान्तरण गरिएको कृष्णसारलाई अहिले ५८ हेक्टर क्षेत्रफलमा संरक्षण गरेर राखिएको छ । यस्तै कृष्णसारको संख्यामा बढोत्तरी हुदै गयो भने कृष्णसारलाई अरु ठाउँ पनि स्थानान्तरण गर्ने योजना निकुञ्जको छ ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो । कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउनका लागि कञ्चनपुरको हिरापुरमा सुरुको वर्षमा १७ हेक्टरमा स्थानान्तरण गरिएको कृष्णसारलाई अहिले ५८ हेक्टर क्षेत्रफलमा संरक्षण गरेर राखिएको छ ।
यस्तै कृष्णसारको सङ्ख्यामा बढोत्तरी हुदै गयो भने कृष्णसारलाई अरु ठाउँ पनि स्थानान्तरण गर्ने योजना निकुञ्जको भावि योजना छ ।
५७ हेक्टर क्षेत्रफलमा ग्याविन बक्स र त्यसको पछाडि विद्युतीय तारबार ९फेन्स वायर० जडान गरिएको छ । चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकुन् भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका हिरापूर फाटाका कृष्णसार संरक्षण कर्मी देबराज जोशीले बताए ।
उनकाअनुसार फेन्स वायरमा सोलारको मद्दतले विद्युत् छाडिने गरिएकाले बाह्य जनावर त्यस क्षेत्रमा जान डराउने गर्दछन् । कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृत्रिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनास र चोरीसिकारले गर्दा केही समययता लोप हुने अवस्थामा पुगेको हो ।
नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै तीन सयको संख्यामा बर्दियाको खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगन्ज, काठमाण्डुको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *