Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निर्यात १०.५ प्रतिशतले बढ्यो, आयातमा २२.१ प्रतिशतको कमि

निर्यात १०.५ प्रतिशतले बढ्यो, आयातमा २२.१ प्रतिशतको कमि

काठमाडौं, ५ कात्तिक । चालू आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा नेपालबाट कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधीमा २० अर्ब ४४ करोड रुपौयँको बस्तु निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिक, औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका
आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x