Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेप्से परिसूचक १७ सयमाथि उक्लियो, ४ अर्बभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक १७ सयमाथि उक्लियो, ४ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, २६ कात्तिक । लामो समयपछि नेप्से परिसूचक १७ सयमाथि उक्लिएको छ । विभिन्न समयमा शेयर बजारमा देखिएको उतारचढापका बीच बुधबार (आज) नेप्से परिसूचक १७०७.६७ विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक २८.८९ अंक बढेको छ ।

त्यस्तै कारोबार रकममा पनि उलेख्य वृद्धि भएको छ । आज ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १९५ कम्पनीको ३६ हजार ८९३ पटकको कारोबारमा एक करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २५ करोड ९० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । त्यस्तै हिमालयन डिष्टिलरी लिमिटेडको १८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये वित्त समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । वित्त समूहको परिसूचक ०.३३ प्रतिशत घटेको छ । त्यस्तै आज सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको ९.९९ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x