Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्टार्टअप आइडिया कल कार्यक्रम शुरू, नवीनतम व्यवसायलाई राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म सहुलियतपूर्ण कर्जा

स्टार्टअप आइडिया कल कार्यक्रम शुरू, नवीनतम व्यवसायलाई राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौं, २४ मंसिर । नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) कार्यक्रम शुरु भएको छ । सरकार, वित्तीय संस्था र नीजि क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा यो कार्यक्रम शुरु गरेका हुन् । काठमाडौंमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उक्त कार्यक्रमको शुभारम्भ गरेका छन् ।
सो क्रममा पूर्व प्रधानमन्त्री नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु रहेको बताए । उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने उनको भनाइ थियो ।
आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नवीनतम नवप्रवर्तन प्रस्ताव (स्टार्टअप आइडिया कल)को www.startupideacall.org वेबसाइट मार्फत नवप्रवर्तन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैँयासम्म सहुलियतपूर्ण कर्जा लगानी गरिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे । नवप्रवर्तन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए ।
नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालीमप्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x