Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ३ पुस । हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांशको वितरणको प्रस्ताव गरेको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शतप्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।

बैठकले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश (कर सहित) गरि शतप्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले २० औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x