Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं, १२ पुस । नेपाल धितोपत्र बोर्डबाट हालसम्मकै ठूलो प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबार स्वीकृति पाएको छ । बोर्डले पुस १० गते बैंकलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बैंकले आईपीओ अनुमति माग्दै मंसिर ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा दुई महिनामा नै स्वीकृति पाएको हो ।

बैंकको आईपीओ हालसम्मकै ठूलो आईपीओ हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको करोड कित्ता शेयर जारी गरेको थियो ।

बैंकको मंसिर ३ गते सम्पन्न साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x