Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल भ्रमणमा आए

सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल भ्रमणमा आए

काठमाडौं, १९ पुस । सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेपनि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण बिचमै स्थगित गरेको थियो । कोरोनाकै कारण पर्यटक आगमन अनपेक्षित रुपमा घटेको हो ।

अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटन आगमन ८० प्रतिशतभन्दा धेरैले कम हो । अघिल्लो वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अध्यागमन विभागका अनुसार २०२० मा सबैभन्दा बढी पर्यटक भारतबाट २५ हजार ३ सय २० जना नेपाल आएका छन् । त्यस्तै चीनबाट ९ हजार ८ सय ८ जना, अमेरिकाबाट ९ हजार ६ सय ८२ जना र थाइल्यान्डबाट ९ हजार ५ सय १८ जना पर्यटक नेपाल आएका छन् ।

कुल पर्यटक आगमन मध्ये हवाई मार्गबाट १ लाख ८३ हजार १ सय ३० जना र स्थलमार्गबाट ४६ हजार ९ सय ५५ जना नेपाल आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x