Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पाकिस्तानी प्रधानमन्त्री स्वदेश फर्किएपनि काठमाडौंका सडकमा फहराइ रहेका छन् पाकिस्तानी झन्डा

पाकिस्तानी प्रधानमन्त्री स्वदेश फर्किएपनि काठमाडौंका सडकमा फहराइ रहेका छन् पाकिस्तानी झन्डा

काठमाडौं, २३ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने नेपाल भ्रमण सकेर हिजो अपरान्ह स्वदेश फर्किए । प्रधानमन्त्री अब्बासी स्वदेश फर्किएको २४ घण्टा भन्दा बढी समय वित्तिसक्दा पनि उनको स्वागतार्थ काठमाडौंका सडकका पोलहरुमा राखिएका पाकिस्तानी झन्डाहरु फहराइ रहेका छन् ।

सामान्यतय अन्य देशका प्रधानमन्त्री एवं राष्ट्रप्रमुखहरु नेपालको भ्रमणमा आउँदा उनी हिड्ने सडकमा गेट एवं दुई देशको फन्डा राख्ने गरिन्छ । तर भ्रमण सकेर स्वदेश फर्किएको हप्तौ सम्म पनि बिदेशी झन्डा फहराई रहने गरेको पाइन्छ । उपल्लो तहको आदेश पालना गर्दै हतार हतार झन्डा राखेपनि निकाल्नका लागि भने सम्बन्धित निकायले खासै चासो दिने गरेका छैनन् ।

काठमाडौंको मुख्य सडकहरु दरबारमार्ग, कान्तिपथ, लाजिम्पाट जस्ता सडकमा अहिले पनि पाकिस्थानी झन्डा फहराई रहेको भन्दै स्थानीयले प्रधानमन्त्रीदे भ्रमण सकेर गइसकेको कारण तत्काल विदेश झन्डा निकाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x