Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

छिमेक लघुवित्तका सदस्यलाई क्यूआर कोडसहितको परिचयपत्र वितरण

छिमेक लघुवित्तका सदस्यलाई क्यूआर कोडसहितको परिचयपत्र वितरण

काठमाडौं, १६ फागुन । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्यहरूलाई क्युआर कोड सहितको परिचयपत्र वितरण गरेको छ । शनिवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छिमेकले सुरू गरेको ईसेवा मार्फत सदस्यहरूले किस्ता र बचतको कारोबार गर्ने सेवाको समेत शुभारम्भ गरेका हुन् । यस्तै कम्पनीले वित्तीय साक्षरताका लागि डिजिटल बस समेत सञ्चालनमा ल्याएको छ । घुम्ती बस सेवाको उद्घाटन पनि गभर्नर अधिकारीले नै गरेका हुन् । गरिव तथा विपन्नहरूको जीवनस्तर उकास्न छिमेकले निर्वाह गरिरहेको भूमिकाबाट आफू उत्साहित रहेको उनले बताए ।

कम्पनीले वितरण गरेको परिचयपत्रमा रहेको क्युआर कोडलाई ईसेवा एप्लिकेसनका माध्यमबाट स्क्यान गरी किस्ता र बचत रकम तिर्न सकिनेछ । यस्तै बस मार्फत देशभर रहेका सदस्यहरूलाई उनीहरूकै ठाउँमा पुगेर तालिम तथा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिने कम्पनीले बताएको छ ।

संस्थाले आगामी दिनमा वित्तीय पहुँच कम भएका दूर्गम ग्रामीण क्षेत्रहरूमा वित्तीय साक्षरता कार्यक्रमको सञ्चालन तथा बिस्तारमा ब्यापकता ल्याउने बताएको छ । समयको माग अनुसार बिना झन्झट गरीब तथा बिपन्नहरूलाई प्रविधिमैत्री लघुवित्त सेवा दिन छिमेक प्रतिबद्ध रहेको बताएको छ ।

छिमेकले हालसम्म ६७ जिल्लामा १ सय ३७ शाखा तथा ६० डिजिटल प्वाइन्ट मार्फत करिब ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x