Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महिला चेम्बरको ट्रेड फेयर समापन

महिला चेम्बरको ट्रेड फेयर समापन

काठमाडौं, २७ फागुन । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।

व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गरे । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए । साना र घरेलु उद्योगहरूलाई प्रबद्र्धन गर्दै मुलुकलाई औद्योगिकरणको मार्गमा लैजान उनले व्यवसायीहरूलाई आग्रह गरे ।

मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए ।

यस्तै ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताइन । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x