Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

संक्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुने

संक्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुने

काठमाडौं, १२ चैत । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर संक्रमणको चक्रलाई रोक्ने सरकारको तयारी रहेको बताएका हुन् ।

‘बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर संक्रमणको संख्या उच्च भएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ,’ उनले भने ।

जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेको समेत उनले बताए । भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले संक्रमणको दर विस्तारै बढ्दै गएको उनको भनाइ छ । कोभिड–१९ संक्रमितको संंख्या कमी आएको तर संक्रमणको जोखिम कम नभएको उनले बताए ।

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गत वर्ष चैत ११ देखि बन्दाबन्दी भएको थियो । अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ संक्रमित भएका छन् । यस्तै २ लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना संक्रमणका कारण निधन भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x