Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सातामा ४ कम्पनीको १ करोड ७३ लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचिकृत

सातामा ४ कम्पनीको १ करोड ७३ लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १७ वैशाख । पछिल्लो एक सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ वटा कम्पनीको १ करोड ७३ लाख १३ हजार ८५४ कित्ता शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार आइतबारयता विभिन्न मितिमा हकप्रद, आईपीओ र बोनस शेयर सूचिकृत भएको हो ।

वैशाख १३ गते सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता साधारण शेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो भने १४ गते मल्टिपर्पाेज फाइनान्स कम्पनी लिमिटेडको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको थियो ।

त्यस्तै वैशाख १६ गते विहीबार गुडविल फाइनान्स लिमिटेडको ६ लाख ७२ हजार कित्ता र समता लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८२ हजार २३३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x