Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निषेधाज्ञामा सुन आयात र बिक्री प्रभावित

निषेधाज्ञामा सुन आयात र बिक्री प्रभावित

काठमाडौं, १७ वैशाख । कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले सुन आयातमा कठिन हुने भएको हो ।

महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए । उनले अधिकांश स्थानको ब्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले धेरै जसे ठाउँमा बन्द रहेको र ग्राहकहरु पनि पसलसम्म जान सक्ने अवस्था नरहेको र मोफसलका केही जिल्ला र शहरहरु मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए । अहिले रोकिएको सुनको आयातलाई व्यवसाय सुचारु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन ब्यवसायीकै हातमा पर्न जान्छ । तर अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका व्यवसायीहरुको छ ।

महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुकालागि स्थानियस्तरमा नै सुनको विक्री वितरणको ब्यवस्था मिलाउन बैंकर्ष एशोसिएशन सँग आग्रह गरिएको बताए । यसकालागि ब्यवसायी र बैंकर्ष एशोसिएसनवीच आवश्यक परामर्श भैरहेको उनले जानकारी दिए ।
गत बर्षको लकडाउनमा भण्डै ५ सय किलो सुन बैंकमा थुप्रिय पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x