Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अक्सिजनसहित अत्यावश्यकीय सामग्रीको आपूर्ति सहज बनाउन निजी क्षेत्रको आग्रह

अक्सिजनसहित अत्यावश्यकीय सामग्रीको आपूर्ति सहज बनाउन निजी क्षेत्रको आग्रह

काठमाडौं, २४ वैशाख । निजी क्षेत्रले अक्सिजनसहितअत्यावश्यकीय सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आफूसँग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन आग्रह गरेका छन् ।

कोरोना महामारी र त्यसबाट सृजित स्वास्थ्य जटिलतासंगै सामाजिक एवं आर्थिक समस्यासँग यतिखेर मुलुक जुधिरहेको भन्दै विज्ञप्तिमा कोभिड ( १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको र अस्पतालहरु भरिंदै गएको अवस्थामा विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको उल्लेख छ ।

उनीहरुले सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि भनेका छन् । विज्ञप्तिमा अन्य व्यवसायीहरुसँग सिलिन्डर छन् भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन भनिएको छ । साथै विज्ञप्तिमा माहामारीको विषम परिस्थितिमा कुनै पनि प्रकारको संचिति र मूल्य वृद्धि नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मूल्य वृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x