Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनएमबि बैंकले जेठ २ देखि २ अर्बको ऋणपत्र विक्री गर्ने

एनएमबि बैंकले जेठ २ देखि २ अर्बको ऋणपत्र विक्री गर्ने

काठमाडौं, २४ वैशाख । एनएमबि बैंक आगामी जेठ २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र ८.५–२०८७–०८८’ ऋणपत्र विक्री गर्न लागेको हो ।

कुल ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ ।

यस ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । उक्त ऋणपत्रको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x