मंगलबार पनि बढ्यो सुनको मूल्य
काठमाडौं, ४ जेठ । स्थानीय बजारमा सुनको मूल्य आज बढेर कारोबार भएको छ । मंगलबार प्रतितोला ६०० रुपैयाँ बढेर सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबा भइरहेको छ ।
आज चाँदीको मूल्य पनि वृद्धि भएर कारोबार भएको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ वृद्धि भएर कारोबार भएको महासंघले बताएको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।