Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिको प्रस्ताव पेश गर्ने तयारी

नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिको प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं, ३१ जेठ । नेपालले अल्प विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको आगामी महासभामा पेश गर्ने तयारी गरिएको छ । नेपालले मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेकाले उक्त प्रस्ताव अनुमोदन गर्न राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमति प्रदान गरिसकेको बताइएको छ ।

यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसंघको आगामी महासभाबाट पारित हुने सम्भावना छ । यस पटकको राष्ट्रसंघको महासभा सेप्टेम्बर महिनामा बस्दै छ ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को हालै न्यूयोर्कमा सम्पन्न बैठकले समेत नेपाललाई कम आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको मुलुकका रूपमा स्तरोन्नति गर्न नेपाल सक्षम भएको सिफारिस गरेपछि आगामी महासभामा अनुमोदनका लागि पेश गर्न लागिएको अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख अमृत राईलाई उद्धृत गर्दै राससमा उल्लेख गरेको छ ।

राष्ट्रसंघले तोकेका तीन मापदण्ड– कुल राष्ट्रिय आयमा प्रतिव्यक्ति आम्दानी, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमध्ये दुई मापदण्ड पूरा गरेकाले नेपाल योग्य देशको सूचीमा रहेको हो ।

नेपाललाई स्तरोन्नति दिने निर्णय अनुमोदन गरेपछि संक्रमणकालीन व्यवस्थापनका लागि थप कार्ययोजना बनाउन तीन वर्षको समय चाहिनेमा कोरोना भाइरसका कारणले उत्पन्न जटिल परिस्थितिमा नेपाल सरकारको अनुरोधमा थप दुई वर्ष गरी आगामी सन् २०२६ सम्मलाई तोकिएको छ ।

नेपालले स्तरोन्नतिपछि सामना गर्नुपर्ने चुनौतीहरुको रणनीति तय गर्नेछ । आगामी तीन वर्षसम्म अध्ययन गरी त्यसका लागि आवश्यक पर्ने बजेटसमेत तर्जुमा गर्नुपर्ने हुन्छ । खासमा अतिकम विकसति राष्ट्रको हैसियतले अन्तर्राष्ट्रिय सहायता समूहले प्रदान गर्ने विभिन्न अनुदान तथा सहायता कार्यक्रम कटौती हुने तथा निर्यातजन्य व्यापारमा थप करको भार वहन गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धी क्षमता कमजोर हुनेलगायतका चुनौतीहरु रहेकाले आवश्यक रणनीति तय गर्नुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x