Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

७ महिनामा १८ प्रतिशतले पाए कोभिड विरुद्धको पूर्णखोप

७ महिनामा १८ प्रतिशतले पाए कोभिड विरुद्धको पूर्णखोप


काठमाडौं, २ असोज । कोरोना भाइरसविद्धको खोप लगाउने अभियान शुरू भएयता ७ महिना अवधिमा नेपालमा पूर्ण खोप लगाउने जनसंख्या १८ प्रतिशत मात्रै पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोभिडवरुद्धको दोस्रो मात्रा पुरा गर्नेको संख्या ५४ लाख ५३ हजार १५१ रहेको छ भने पहिलो मात्रा ६० लाख ५७ हजार १९४ जनाले लगाएका छन्, जुन जनसंख्याको २० प्रतिशत मात्र हो

नेपालमा पहिलो पटक २०७६ माघ ९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको एक वर्षपछि माघ १४ गतेदेखि यसविरुद्धको खोप अभियान शुरू भएको हो ।

शुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सवैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मन्त्रालयका अनुसार देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार तीन सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार तीन सय ५१ जनाले लगाइसकेका छन् । यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार आठ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख एक सय ४५ जनाले लगाइसकेका छन् । भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक सय ३१ जनाले लगाएका थिए ।

सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कुल दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ, जसअनुसार असोजसम्ममा लक्षित वर्गको ३३ प्रतिशत र चैतमसान्तसम्ममा लक्षित सबैलाई खोप लगाउन सक्ने बताइएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ । अहिलेसम्म नेपालमा एक करोड ३३ लाख ५८ हजार सात सय १० मात्रा खोप आइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x