Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्राधिकरणको नियमित आय प्रक्षेपित लक्ष्यभन्दा बढी

प्राधिकरणको नियमित आय प्रक्षेपित लक्ष्यभन्दा बढी

काठमाडौं, २ असोज । कोरोना महामारीका कारण उड्डयन क्षेत्रमा प्रभावित भए तापनि गत आर्थिक वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमित आम्दानी प्रक्षेपित लक्ष्यभन्दा बढी रहेको छ । कोभिड प्रभावलाई दृष्टिगत गर्दै प्राधिकरणले गरेको प्रक्षेपणभन्दा २७.४२ प्रतिशत बढी आम्दानी भएको हो ।

गत आवमा प्राधिकरणले नियमिततर्फ २ अर्ब ७ करोड ३२ अर्ब आय हुने प्रक्षेपण गरेकोमा २ अर्ब ६४ करोड १६ लाख रुपैयाँ आम्दान भएको छ ।

सो अवधिमा विमानस्थल विकास शुल्कतर्फ भने प्रक्षेपित आयमा कमी आएको छ । गतवर्ष प्राधिकरणले विकास शुल्कबाट ६० करोड २८ लाख आम्दानी हुने हुने प्रक्षेपण गरेकोमा ३१ करोड ६० लाख रुपैयाँ मात्र रहेको छ । नियमित आम्दानी र विमानस्थल विकासशुल्क गरी समग्रमा भने प्राधिकरणको प्रक्षेपण १०.५२ प्रतिशत आय भएको प्राधिकरणको प्रतिवेदनले देखाएको छ ।

गत आवमा प्राधिकरणले बजेट कार्यान्वयनतर्फ भने ४०.९३ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा प्राधिकरणले पूँजीगत खर्च ३७ प्रतिशत, कार्य सञ्चालन खर्च ७७ प्रतिशत र आयकर तथा अन्य खर्चतर्फ ३९ प्रतिशत कार्यान्वयन गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x