Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मध्यपहाडी राजमार्ग : १४ वर्षमा ६८ प्रतिशत मात्र प्रगति, तोकिएको अवधिमा सम्पन्न नहुने

मध्यपहाडी राजमार्ग : १४ वर्षमा ६८ प्रतिशत मात्र प्रगति, तोकिएको अवधिमा सम्पन्न नहुने

काठमाडौं, ११ असोज । राष्ट्रिय गौरबको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको काम निर्माण शुरू भएको १४ वर्षमा ६८ प्रतिशत मात्र सम्पन्न भएको छ । कोभिडका कारण काममा पुगेको बाधा, बजेट अभाव र कतिपय स्थानमा अझै सडकको रेखांकन टुंगो नलागेले आयोजना निर्धारित अवधिमा सम्पन्न नहुने भएको छ ।

विगतमा सम्पन्न गर्न लिइएको लक्ष्य सारिँदै आएकामा पुनः दुई वर्ष थप गर्नुपर्ने आयोजनाले बताएको छ । तर अझै ३२ प्रतिशत काम बाँक रहेको थपिएको अवधिमा समेत सम्पन्न हुन नसक्ने देखिएको हो ।

बूढीगण्डकी जलाशययुक्त आयोजनका कारण गोरखा र धादिङमा रेखाङ्कन पनि समस्या देखिरहेको छ । अहिलेको रेखाङ्कनमा सडक निर्माण गर्दा सो आयोजना निर्माण भइसक्दा डुबान हुने भएकाले सडकको रेखाङ्कन परिवर्तनको कुरा उठिरहेको आयोजना निर्देशनालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए ।
कास्कीमा अहिलेको रेखाङ्कनबाट जाँदा झण्डै नौ सय घर भत्काउनुपर्ने भएकाले परिवर्तनको माग भइरहेको छ । राजमार्गमा ३७ पुल पहिले छुटेकामा निर्माणमा जानुपर्ने निर्देशनालका प्रमुख अर्यालले बताए ।

सरकारले चालू आवको नीति तथा कार्यक्रममा अन्य आयोजनाबाट निर्माण भएका झण्डै ४६२ किमी सडक तथा पुल चौडा गर्ने बाहेक अरु काम अवको दुई वर्षमा सम्पन्न गर्ने उल्लेख छ । आयोजनाले भने अहिलेको अवस्था हेर्दा त्यो अवधिमा नसकिने हुँदा आगामी आवको नीति तथा कार्यक्रममा अवधि थप्नुपर्ने बताएको छ ।

राष्ट्रिय गौरबका आयोजनामा बजेट अभाव हुन नदिने सरकारको नीति भए पनि गतवर्ष यो राजमार्ग, हुलाकी राजमार्गलगायतमा बजेट अभाव भएको थियो । चाहिने समयमा बजेट विनियोजन नहुँदा समस्या हुने उनको भनाइ छ ।

अहिलेको अवस्थामा हेर्दा राजमार्ग तोकिएको अवधिमा सम्पन्न हुने नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए । आयोजनाको अवधि बढाउनुपर्ने उनको धारणा छ ।

आयोजनामा असोज मसान्तसम्ममा भौतिक प्रगति ५८ दशमलव ३५ प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ८५ प्रतिशत छ । आयोजनामा यस वर्ष विनियोजित बजेटमध्ये छ दशमलव २८ प्रतिशत खर्च भएको छ । असोज मसान्तसम्ममा नै यो वर्षको लक्ष्यअनुसार आठ दशमलव ४३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x