Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

प्रदेश १ का उद्योगको औसत क्षमता उपयोग घट्यो

प्रदेश १ का उद्योगको औसत क्षमता उपयोग घट्यो

काठमाडौं, २२ कात्तिक । कोभिड महामारीका कारण गत आर्थिक वर्षमा प्रदेश १ का उद्योगहरूको औसत क्षमता उपयोग घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार सर्वेक्षणमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५२.९ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५७.५ प्रतिशत रहेको थियो ।

प्रतिवेदनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस प्रदेशमा तयारी कपडाको उत्पादन सबैभन्दा बढी ३८८.५ प्रतिशतले बढेको छ भने इँटाको उत्पादन सबैभन्दा बढी ७६.७ प्रतिशतले घटेको छ । कोभिड संक्रमणको कारण सीमा नाका नियमित नहुँदा स्थानीय बजारमा आयातित तयारी कपडा कमी भई स्वदेशी लत्ताकपडाको माग बढेकाले तयारी कपडाको उत्पादन उल्लेख्य बढेको देखिन्छ भने सीमा नाका बन्द भई भारतीय मजदुरको आवागमन सहज नहुँदा कामदार अभावले पूर्ण क्षमतामा इँटा उद्योग सञ्चालन हुन नसकी इँटाको उत्पादनमा कमी आएको औंल्याइएको छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुमध्ये धागोको उत्पादन २६.६ प्रतिशत, फलामे छड तथा पत्ती (जस्तापाता सहित) को उत्पादन १४.० प्रतिशत, भटमासको तेल उत्पादन ५.९ प्रतिशतले बढेको छ भने वनस्पति घिउकोउत्पादन ८.९ प्रतिशतले घटेको छ । भारतीय बजारमा बनस्पति घिउको मागमा कमी आएकोले वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरू पामतेल तथा भटमासको तेल उत्पादनमा रूपान्तरण भएकोले बनस्पति घिउको उत्पादनमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै २०७८ असार मसान्तसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x