भारतको १०० ‘व्यवसायिक’ व्यक्तिको सूचीमा देवयानी
काठमाडौं, १० पुस । बहुराष्ट्रिय कम्पनी कोकाकोलामा आवद्ध रहेकी देवयानी राणा भारतका १०० महत्वपूर्ण व्यवसायिक व्यक्तिको सूचीमा परेकी छिन् ।
भारतको ‘रेपुटेसन टुडे’ले सार्वजनिक गरेको भारतका १०० जना उत्कृष्ट व्यवसायिक व्यक्तिको सूचीमा देवयानीका नाम समावेश गरेको हो ।
राणा उक्त सूचीको ४६औैं स्थानमा छिन् । देवयानी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको भारत तथा दक्ष्णि पश्चिम एसियाका लागि जानसम्पर्क, सञ्चार एवं दीगोविकास मामिलाकी उपाध्यक्ष हुन् ।
देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शंशेर राणाकी छोरी हुन् ।
‘रेपुटेसन टुडे’को पहिलो नम्बरमा रिलायन्स इन्ड्रष्ट्रिजका रोहित बन्साल रहेका छन् ।