Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच भुक्तानी र फर्स्योटको लागि सहकार्य
काठमाडौं, २७ माघ । कामना सेवा विकास बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त साझेदारी पत्रमा सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x