Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शेयर बजारमा दोहोरो अंकको वृद्धि

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं,१० फागुन । साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि लगातार घटेको शेयर बजार सोमबार पनि बढेको थियो । मंगलबार भने अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्य बढेको छ । जसका कारण समग्र नेप्सेमा दोहोरो अंकको सुधार आएको हो ।


मंगलबार १७.४२ अंकले बढेर शेयर बजार २७३५.९३ बिन्दुमा पुगेको छ । मंगलबार ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८ सय २२ रूपैयाँको कारोबार भएको छ । जसमा १३१ कम्पनीको शेयर मूल्य बढ्दा ५० कम्पनीको मूल्यमा गिरावट आएको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।


मंगलबार युनाइटेड मर्दीमा तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै मैलुङ खोला, सामलिङ पावर र तेह्रोथुम पावरमा पनि सकारात्मक सर्किट लागेको छ । अन्य धेरै शेयर मूल्य बढ्नेमा पनि हाइड्रो पावर कम्पनी नै रहेका छन् ।


राष्ट्र बैंकले शेयर कर्जामा थप कडाई गर्ने त्रासका कारण साताको पहिलो दिन आइतबार ३९.४० अंकले बजार घटेको थियो । सोमबार शेयर बजार २५.४१ अंकले बढेर २७१८.५१ बिन्दुमा पुगेका थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x