Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भेटायो एप सञ्चालनमा आयो

भेटायो एप सञ्चालनमा आयो

काठमाडौं, २७ चैत । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।


भेटायोको शुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको बताएको छ । ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी ग्राहकको घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेका बताइएको छ ।


कम्पनीका प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सकिने बताएको छ । एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखीे “भेटायो सेवा“ को स्थापना गरेका जानकारि गराइएको छ ।


भेटायो ले सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गरको बताउदै कम्पनीले सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x