Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्र बैंकले आयातमा रोक लगाएका ३७ वस्तुहरूमा अब एलसी खुल्ने

राष्ट्र बैंकले आयातमा रोक लगाएका ३७ वस्तुहरूमा अब एलसी खुल्ने


काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले एलसी खोल्न रोक लगाएका वस्तुहरूको एलसी खुल्ने भएको छ । यस्तै सरकारले यही वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै १० वटा वस्तुहरूको पैठारीमा रोक लगाउने निर्णय गरेको छ । सरकारले प्रतिबन्ध लगाएसँगै मोबाइल र गाडीसहित १० वस्तु आयात नहुने भएको हो ।


गएको माघ २७ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विलासी वस्तु आयातका लागि एलसी नखोल्न दिएको मौखिक निर्देशन कार्यान्वयन नहुने भएको छ । राष्ट्र बैंकले माघ २७ गते वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर एलसीमा नगद मार्जिन लगाएका ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने ३०० भन्दा बढी वस्तुको एलसी नखोल्न मौखिक निर्देश्न दिएको थियो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पूर्ण रूपमा बन्देज लगाएको छ ।


राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले रोकेको एलसी पुनः सुरु हुने भएको छ । सरकारले आयात रोकेका १० वस्तुको भने एलसी नखुल्ने राष्ट्र बैंकले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित भएका १० वटा वस्तुबाहेक अन्य सबै वस्तुको एलसी अब नियमित रूपमा खोल्न सकिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x