Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

क्यापिटल र हाईड्रोपावर बीच संस्थागत परामर्श सेवा र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता

क्यापिटल र हाईड्रोपावर बीच संस्थागत परामर्श सेवा र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता

काठमाडौं, ६ जेठ । एन आई सी एशिया क्यापिटलले आइडीइए टु आइपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गरइरहेको छ ।

सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडलाई आइपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

क्यापिटलले आइडीइए टु आइपीओ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्तकाल आइपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आइपीओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आइपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x