Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मन्त्रिपरिषद्का निर्णय : नेपाल–बेलायत द्विपक्षीय श्रम सम्झौता स्वीकृत

मन्त्रिपरिषद्का निर्णय : नेपाल–बेलायत द्विपक्षीय श्रम सम्झौता स्वीकृत

काठमाडौं, २ असार । सरकारले नेपाल र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् ।
त्यसैगरी सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करीब ३६ करोड ६२ लाख रुपैयाँ बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले सार्वजनिक खरीद पुनरवलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । सार्वजनिक खरीद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरिएको उनले बताए ।
मन्त्री कार्कीले सकाररले एपीजी एशिया प्यासिफिक ग्रूप अफ मनी लन्ड्रिङको आगामी साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने, २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरूमध्येबाट प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाका लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै सरकारले दक्षिण कोरियाको सिओलमा असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वल्र्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टी सेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने, तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्य सचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको बताए ।
प्रवक्ता कार्कीले २०७९ असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरूको अन्तरराष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिने, निजी आवास पुुनर्निर्माण तथा प्रबलीकरणको कार्यलाई मिति २०७९ असार मसान्तसम्ममा निरन्तरता दिने, सरकारी जग्गा दर्ता, तथा लिज उपलब्ध गराउन सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने, सरकारी सम्पत्ति तथा निजी जेन्सी माल सामान विक्री तथा मिनाहसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने र उपचार खर्च, राहत तथा बाल आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x