डेढ दशकमा ८४ खर्ब ६६ खर्ब विप्रेषण आप्रवाह

काठमाडौं, ५ भदौ । नेपालमा विगत १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट ८४ खर्ब ६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकले यस्तो देखाएको हो । यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८÷७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०६५–६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६–६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७–६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८–६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९–७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०–७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१–७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२–७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३–७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५–७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६–७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७–७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *