Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मंसिर २३ गतेदेखि १९ औं हस्तकला व्यापार मेला हुने

मंसिर २३ गतेदेखि १९ औं हस्तकला व्यापार मेला हुने

काठमाडाैं, ९ मंसिर । नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर २३ देखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रितयाेगिता आयोजना गर्ने भएको छ। उक्त व्यापार मेला काठमाडौं हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।

नेपाली हस्तकला सामानहरूकाे स्वदेशी तथा अन्तर्राष्ट्रय बजार प्रर्वद्धन, प्रचार प्रसार तथा वस्तुकाे उजागर गरी निर्यात व्यापार प्रर्वद्धन गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ।  मेला उद्घाटन राष्ट्रपति तथा प्रधानमन्त्रीबाट गराइने कार्यक्रम रहेकाे र मेला अवलोकनका लागि नेपाल सरकारका माननिय मन्त्रीहरू, उच्च पदस्थ अधिकारी, नेपाल स्थित विभिन्निन मुलुकका कुटनैतिक नियाेगका महामहिम लगायत व्यक्तित्वहरूलाई पनि आमन्त्रण गरिएको बताइएकाे छ।

मेला हस्तकलाका वस्तुहरूकाे करिव १५० वटा स्टलहरू रहने बताइएकाे छ । पाँच दिनसम्म हुने प्रदर्शनमा महासंघले परम्परागत तथा कला प्रतियोगिता अन्तर्गत काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरूड बनाउने विधा र प्राकृतिक रेसाहरूको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गर्नेछ ।

साथै, कला पर्दर्शनी अन्तर्गत फिलगिरी, थोजामाज्या र पौका, थांका, ऊनी, ढाका, कपडा गरी ३ वटा विधामा कला प्रदर्शनी गर्नेलाई सम्मान गर्ने भएको छ । जसमा परम्परागत विधामा र समसामयिक विधामा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतियलाई २० हजार रकमसहित प्रमाणपत्र वितरण गर्नेछ ।

यस्तै, महासंघले ७० वर्ष नाघेका जेष्ठ कलाकारहरूलाई तथा हस्तकला वस्तुहरू विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ठ निकासीकर्तालाई सम्मान गर्ने भएको छ । महासंघले ४० हजारदेखि १ लाख २० हजारसम्म स्टलको मूल्य तोकेको छ । मेलामा सहभागी हुन चाहने अवलोकनकर्ताले १ सय रुपैयाँको टिकट खरिद गरी अवलोकन गर्न पाउनेछन् भने मेलामा करिब ५ लाखदेखि १० लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x