Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पूँजी बजारको समस्या समाधानका समिति गठन

पूँजी बजारको समस्या समाधानका समिति गठन

काठमाडौ,२२ जेठ ।सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ । पूँजीगत लाभकरको विषयलाई लिएर शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले आज वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । शेयर लगानीकर्ताले सरकारले पूँजीगत लाभकर बढाएको भन्दै सोमबारदेखि आन्दोलनरत छन् । लगानीकर्ताको अवरोधका कारण आज नेपाल स्टक एक्चेन्जमा कुनै पनि कारोबार हुन सकेन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x