Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

हकप्रद पछि जेबिल्स् फाइनान्सको भयो मुल्य समायोजन

हकप्रद पछि जेबिल्स् फाइनान्सको भयो मुल्य समायोजन

काठमाडौं, २३ जेठ । नेपाल स्टक एक्सचेन्जले जेबिल्स् फाइनान्सको शेयर मुल्य समायोजन गरेको छ। हकप्रद शेयर प्रयोजनको लागि फाइनान्सको शेयर मुल्य समयोजन गरिएको हो । नेप्सेले फाइनान्सको शेयर १०७.१४ रुपैयाँमा मुल्य समायोजन गरेको छ ।

फाइनान्सले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि जेठ २३ गते शेयर दर्ता किताव बन्दको मिती तोकेको थियो । जेठ २२ गतेसम्म फाइनान्सको शेयर किन्ने लगानीकर्ताहरुले उक्त हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले सनराईज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ८० करोड ९१ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x