सनराइज बैंक लिमिटेडको गोटीखेल शाखा बिस्तार

काठमाडौं, २४ जेठ । सनराइज बैंकले बुधबार ललितपुरकोे महाँकाल गाउँपालिका वडा नं ३, गोटीखेलमा आफ्नो ८३ औं शाखा बिस्तार गरेको छ । महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउने बिश्वास लिनुका साथै सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *