Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

कार्यान्वयनमा आएन ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’

कार्यान्वयनमा आएन ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’

काठमाडौं ६ भदौ । ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको यकिन गर्ने मुख्य ध्येयले तत्कालीन सरकारले २०७४ सालमा सो निर्देशिका जारी गरेको थियो ।

मन्त्रिपरिषद्, विधेयक समितिको विसं २०७४ जेठ १९ गते बसेकोे बैठकले स्वीकृत गरेको निर्देशिका कार्यान्वयनमा नआउँदा विशेषगरी उपचारमा प्रयोग हुने सानादेखि ठूला तथा सामान्यदेखि अति सम्वेदनशील प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणकोे नियमन हुन नसकेको बताइएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर तत्कालीन सरकारले सो निर्देशिका जारी गरेको थियो । प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री–वितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षणसम्बन्धी कामलाई व्यवस्थित गर्न सो निर्देशिका ल्याइएको थियो ।

निर्देशिका कार्यान्वयन नहुँदा विशेषगरी अस्पतालमा भर्ना भएका बिरामीमा बढी प्रयोग हुने सिरिन्ज, ब्लड कलेक्सन ट्युब डिभाइस पेसमेकर (मुटुका बिरामीमा प्रयोग हुने) जस्ता अतिसंवेदनशील सामग्रीको गुणस्तर र मूल्यमा एकरुपता पाइँदैन । निजी औषधि पसल तथा सरकारी अस्पतालद्वारा सञ्चालित औषधि पसलमा त्यस्ता सामग्रीको फरक–फरक मूल्य पर्दछ । यस्ता सामग्री उपभोक्ता किन्न बाध्य छन् ।

उपभोक्ताले औषधि पसलमा त्यस्ता सामग्रीे कुन गुणस्तरीय हो अथवा कुन होइन, कुन मापदण्ड पूरा भएको कुन होइन भन्ने छुट्याउन सक्ने स्थिति छैन । उपचार तथा जटिल शल्यक्रियाका लागि नभई नहुने जनाउँदै विदेशबाट आयातित त्यस्ता उपकरण नयाँ ९ब्रान्डेड० हो कि पुरानो ९सेकेन्ड ह्यान्ड० हो छुट्याउनसमेत नसकिने अवस्था रहेको बिरामीको आफन्तको गुनासो छ ।

मानिसको मुटुभित्र राख्ने ‘डिभाइस’ कस्तो गुणस्तरको हो रु ‘पेसमेकर’को मूल्य कति हो रु हड्डी भाँचिदा प्रयोग हुने रड, स्क्रु ड्राइभर कस्तो गुणस्तरको हो ? रडको मूल्य कति हो ? रगत परीक्षणका लागि शरीरबाट रगत झिक्ने सुइदेखि झिकेर परीक्षणका लागि खन्याउने भाँडो कलेक्सन ट्युब कुन गुणस्तरको छ ? कस्तो छ भन्ने अहिले पनि यकिन छैनन् । मूल्यको विषय त परको कुरा । चिकित्सक तथा स्वास्थ्यकर्मीले सिफारिस गरेका उपकरण बिरामीले खरिद तथा प्रयोग गर्नुपर्ने अवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x