देशभित्रै राेजगारीकाे अवसर सिर्जना गराैँ : अर्थमन्त्री डा. महत
काठमाडाैं, ७ पुस । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमै राेजगारीकाे राम्राे अवसर रहेकाे भन्दै युवाहरूलाई विदेश नजान आग्रह गरेका छन् । शनिबार काठमाडाैंमा आयाेजित स्टार्टअप फेस्टाे २०२३ मा अर्थमन्त्री महतले युवाहरूलाई देशभित्रै अवसर खाेज्न आग्रह गरेका हुन् ।
उनले नेपालमा आइटी, जलविद्युत, कृषि तथा पर्यटनमा प्रचुर सम्भावना रहेकाे भन्दै यी क्षेत्रमा कामगर्दा यसले नेपालकाे अर्थतन्त्र बलियाे बनाउने बताए । आइटी, पर्यटन तथा कृषिमा शुक्ष्म अध्यन गरी यस क्षेत्रमा राेजगारी सिर्जना गर्न सकिने बताए ।
देशमै राेजगारी सिर्जना गर्न आगामी दिनमा सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।