घट्याे सुनकाे मूल्य, चाँदी स्थिर
![घट्याे सुनकाे मूल्य, चाँदी स्थिर](https://arthakoartha.com/wp-content/uploads/2024/02/gold-and-silver.jpg)
काठमाडौं, १ फागुन। मंगलबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । साेमबार स्थिर रहेकाे सुनकाे मूल्य मंगलबार ताेलामा ३०० रूपैयाँले घटेकाे हाे ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख १७ हजार ७०० र तेजावी सुनकाे १ लाख १७ हजार १५० रूपैयाँ निर्धारण भएकाे छ। साेमबार छापावाल सुन ताेलाकाे १ लाख १८ हजार र तेजावी सुन १ लाख १७ हजार ४५० रूपैयाँकाराेबार भएकाे थियाे ।
यता आज चाँदी भने एक हजार तीन सय ९५ रूपैयाँमा स्थिर छ ।