३० दशमलव ५६ अङ्कले घट्याे नेप्से परिसूचक
काठमाडाैं, १ फागुन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा बन्द भएकाे हाे ।
आज काराेबार भएका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर किनबेच हुँदा चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार बराबरको कारोबार भएको छ ।
आज काराेबार भएका २०३ कम्पनीकाे सेयर मूल्य घटेकाे छ, ४० कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ५ कम्पनीकाे सेयरमूल्य स्थिर रहेकाे छ । आज सबैभन्दा धेरै गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशतले घटेको छ ।
यस्तै बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।