Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

चैतमा १६ उद्योगका लागि ९६ करोड ५० लाख बराबरको लगानी प्रतिवद्धता स्वीकृत

चैतमा १६ उद्योगका लागि ९६ करोड ५० लाख बराबरको लगानी प्रतिवद्धता स्वीकृत

काठमाडाैं, ३ वैशाख । चालु आर्थिक वर्ष २०८० /८१ को ९ महिनामा झण्डै ३० अर्ब बढीको वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत्र मसान्तसम्ममा कुल ३० अर्ब ९ करोड ९५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

याे अवधिमा विभिन्न देशबाट २६९ वटा नयाँ उद्योगका सो लगानी प्रतिवद्धता आएको हो । चैत्रसम्म ३ वटा ठूला, १३ वटा मध्यम र २५३ वटा साना उद्योगको लागि वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएकाे छ ।

विभागका अनुसार चैतमा मात्रै १६ वटा उद्योगका लागि ९६ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x