Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रिकाे घोषणा

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रिकाे घोषणा

काठानडाैं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कोषका लागि आवश्यक कानुन तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको बताएका हुन् । कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने उनकाे भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको इतिहासमा पहिलोपटक नवप्रवर्तनको निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको बताए । उनले युवालाई देशभित्र आशा जगाउन र अर्थतन्त्रमा गुणात्मक सुधार गर्न पनि कोषले भूमिका खेल्ने बताए ।

सञ्चार तथा सूचना प्रविधिको विकास, बिस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको उनकाे भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x