Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

१५ दशमलव ६२ अंकले घट्यो नेप्से परिसूचक

१५ दशमलव ६२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं २४ वैशाख। साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५ दशमलव ६२ अंकले घटेर १ हजार ९५८ दशमलव ७५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६२ वटाको बढेको छ भने १७७ वटा कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ भने सर्वाधिक कारोबार सिटिजन्स लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडको ३१ करोड ९८ लाख बराबरको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x