Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

१०.४४ अंकले घट्यो नेप्से, काराेबार रकम भने बढ्याे

१०.४४ अंकले घट्यो नेप्से, काराेबार रकम भने बढ्याे

काठमाडाैं, ६ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से सूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक १०.४४ अंकले घटेर २ हजार ६८.३१ विन्दुमा झरेको हाे ।

बजार घटे पनि बिहीबार कारोबार भने बढेको छ । यसदिन ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।बुधबार  ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यसदिन कुल १८६ कम्पनीको सेयर मूल्य घट्यो, ५२ कम्पनीको सेयर मूल्य बढ्याे भने ८ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

बिहीबार सबैभन्दा बढी कालिका लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले ७.७१ प्रतिशतले कमाएका छन् भने कुथेली बुकारी स्मल हाइड्रोपावर कम्पनीका सेयर धनीले ९.२८ प्रतिशतले गुमाएका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x