Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निरन्तर घट्दै सेयर बजार, कारोबार ६ अर्बमा झर्‍यो

निरन्तर घट्दै सेयर बजार, कारोबार ६ अर्बमा झर्‍यो

काठमाडाैं, २६ भदाै । सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ । आज २२ दशमलव शून्य ७३ अंकले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ ।

नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटेको नेप्सेमा  यसदिन सय १७ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ ।आज एशियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x