Date

बुध, जेष्ठ २१, २०८२
Wed, June 4, 2025

राइड सेयरिङ नियमावलीविरुद्धको आन्दोलनमा १४ जना पक्राउ

राइड सेयरिङ नियमावलीविरुद्धको आन्दोलनमा १४ जना पक्राउ

काठमाडौं, १९ जेठ । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा भएको आन्दोलनका क्रममा देशभरबाट १४ जना आन्दोलनकारी पक्राउ परेका छन्।

प्रहरीका अनुसार काठमाडौंबाट १२ जना र पूर्वी नवलपरासीबाट २ जना गरी कुल १४ जनालाई नियन्त्रणमा लिइएको हो। आन्दोलनमा सहभागीहरू राइड सेयरिङ सेवा खारेज गर्ने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध सडकमा उत्रिएका थिए।

राइड सेयरिङ प्लेटफर्ममार्फत दुईपांग्रे तथा चारपांग्रे सवारी साधनमार्फत सेवा दिने चालकहरू र सरोकारवालाहरूले नयाँ नियमावली उपभोक्ता र सेवाप्रदायक दुवैका लागि अन्यायपूर्ण भएको भन्दै आन्दोलन चर्काएका हुन्।

आन्दोलनको क्रममा केही स्थानमा सडक अबरुद्ध गरिएको र ट्राफिक प्रवाहमा अवरोध भएको जनाइएको छ। प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा बाधा नपुग्ने गरी सुरक्षाका उपाय अपनाइएको र कानुनविपरीतका गतिविधि गर्नेहरूमाथि कारबाही गरिएको जनाएको छ।

यसबीचमा गण्डकी प्रदेश सरकार भने नियमावली संशोधन गर्नेतर्फ अझै खुल्न तयार देखिएको छैन। यद्यपि सेवाग्राही र व्यवसायी पक्षले नियमावली पुनरावलोकन नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *