बुधबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक
काठमाडाैं, ७ साउन । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको किन्ने दर रु १३७.९० र बेच्ने दर रु १३८.५० निर्धारण गरिएको छ। युरोको किन्ने दर रु १६१.३० र बेच्ने दर रु १६२.००, बेलायती पाउण्डको किन्ने दर रु १८५.८५ र बेच्ने दर रु १८६.६६, तथा स्विस फ्राङ्कको किन्ने दर रु १७२.९८ र बेच्ने दर रु १७३.७३ तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको किन्ने दर रु ८९.८१ र बेच्ने दर रु ९०.२१, क्यानाडियन डलरको रु १००.८१ र रु १०१.२५, तथा सिङ्गापुर डलरको किन्ने दर रु १०७.५९ र बेच्ने दर रु १०८.०६ कायम गरिएको छ।
एशियाली मुद्राहरूमा १० जापानी येनको किन्ने दर रु ९.३५ र बेच्ने दर रु ९.३९, १ चिनियाँ युआनको किन्ने दर रु १९.२२ र बेच्ने दर रु १९.३०, साउदी रियालको रु ३६.७६ र रु ३६.९२, कतारी रियालको रु ३७.८३ र रु ३८.००, र थाई भाटको रु ४.२७ र रु ४.२९ तोकिएको छ।
यस्तै, यूएई दिरामको किन्ने दर रु ३७.५४ र बेच्ने दर रु ३७.७१, मलेसियन रिङ्गेटको रु ३२.५९ र रु ३२.७३, १०० कोरियन वोनको रु ९.९४ र रु ९.९९, स्विडिस क्रोनरको रु १४.३८ र रु १४.४४, तथा डेनिस क्रोनरको रु २१.६१ र रु २१.७० तोकिएको छ।
अन्य प्रमुख मुद्राहरूमा हङकङ डलरको किन्ने दर रु १७.५७ र बेच्ने दर रु १७.६४, कुवेती दिनारको रु ४५१.५८ र रु ४५३.५५, बहरैनी दिनारको रु ३६५.७८ र रु ३६७.३७, तथा ओमानी रियालको रु ३५८.१७ र रु ३५९.७३ निर्धारण गरिएको छ।
यसैगरी, १०० भारतीय रुपैयाँको किन्ने दर रु १६०.०० र बेच्ने दर रु १६०.१५ कायम गरिएको छ।



