ठमेलमा राति १० बजेपछि साना पसल बन्दको नियम

काठमाडाैं, ३० भदाै । ठमेल क्षेत्रका साना व्यवसाय र मदिरा पसलहरू अब राति १० बजेपछि सञ्चालन गर्न नपाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्ले बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
परिषद्ले हाल रातिको समयमा चोरी, लुटपाट र झैझगडाका घटना बढ्दै गएको भन्दै रातको व्यवसायमा समयसीमा तोकिएको जानकारी दिएको छ। सडकमा बढ्दो भिडभाड र अवाञ्छित गतिविधि पनि राति १० बजेदेखि प्रतिबन्धको प्रमुख कारण रहेको परिषद्ले जनाएको छ।
रात्रिकालीन व्यवसायीहरू भने रातभर खुला रहने साना मदिरा पसल र ठेलागाडाका कारण ठूला व्यवसाय प्रभावित भएको गुनासो गर्दै आएका छन्। उनीहरूले यो कदमले व्यवसायमा नोक्सान हुने चिन्ता व्यक्त गरेका छन्।
पर्यटन सिजन नजिकिँदै गर्दा ठमेललाई सुरक्षित र व्यवस्थित राख्नका लागि सबै व्यवसायीले परिषद्को निर्णयमा सहयोग पुर्याउन अपील गरिएको छ। परिषद्का अनुसार यात्रु र स्थानीयको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै यो नियम लागू गर्न लागिएको हो।