दशैंपछिको पहिलो कारोबार दिन नेप्सेमा उत्साहको संकेत

काठमाडाैं, २१ असाेज । विजया दशमीको बिदा सकिएसँगै मंगलबारदेखि शेयर बजार पुनः सञ्चालनमा आउने भएको छ।
दशैंअघि आइतबार अर्थात असोज १२ गते नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भई ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको थियो। लगातार केही दिनको सुस्तीपछि आएको यो वृद्धि लगानीकर्ताका लागि सकारात्मक संकेतको रूपमा लिइएको थियो।
चाँडपर्वको अवधिमा प्रायः शेयर कारोबार सुस्त हुने परम्परा भए पनि यसपटक दशैंअघि बजारमा देखिएको उकालो प्रवृत्तिका कारण मंगलबारको कारोबारमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ।