Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

कोर्ट कुर्दै सारापोभा

कोर्ट कुर्दै सारापोभा

एजेन्सी

टेनिस खेलाडी मारिया सारापोभाले धेरैलाई सुपर मोडलले झैं मन्त्रमुग्ध पारिन् । उनको इन्ड्रोसमेन्ट वार्षिक अर्बौं रुपैयाँमा हुन्थ्यो भने टेनिसबाट पनि उनले वार्षिक करोडौं डलर आम्दानी गर्थिन् । यति हुँदाहुँदै पनि उनी डोपिङ परीक्षणमा असफल भइन् । जसका कारण मारियालाई ब्रान्ड एम्बेसडर बनाउने केही कम्पनीले उनीबाट हात झिके ।

डोपिङ परीक्षणमा असफल भएको वर्ष सन् २०१६ को अप्रिल महिनाभन्दा पहिलेको १२ महिनामा सारापोभाले २ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ कमाएकोमा डोपिङमा असफल भएपछि उनको आम्दानी ८६ करोड ४० लाख रुपैयाँमा सीमित भयो ।

आफुले शक्तिबर्धक औषधि सेवन नगरेको तर चिकित्सकको परामर्शमा औषधि भने सेवन गरेको बताएपनि उनको पक्षमा सुनुवाई भएन । यद्यपि सारापोभा टेनिसमा फर्कने प्रयास गरिरहेकी छिन् । उनी अहिले पनि नियमित अभ्यासमा हुन्छिन् । सम्भवत सन् २०१८ लागेपछि टेनिस कोर्टमा उनको पुनरागमन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x