Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेपाल-चीन सम्वन्धमा गैंडा कुटनीति ! 

नेपाल-चीन सम्वन्धमा गैंडा कुटनीति ! 

काठमाडौ, असार । नेपालले चीनलाई “भद्र र रुपसी नाम गरेका एक जोडी गैडा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गरेका हुन । हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भने “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् । नेपाल चीन सम्वन्धको नमुना बन्नेछन् ।

भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल चीन सम्बन्न आज भद्र र रुपसी सम्म आइपुगेको छ । दुई देश बीचको परम्परागत  सम्बन्धलाई गैंडा  कुटनीतिले थप मजवुद बनाउने अपेक्षा कुटनीति वृतमा भएको छ । नेपाल लिन मात्र जानेको छ दिन जानेको छैन भन्ने विषयलाइ गैडा कुटनीतिका माध्यमबाट दिन पनि जानेको छ भन्ने सन्देश प्रवाह गरेको छ ।  हुन त यसअघि पनि कुटनीति वृतमा ‘’साडी कुटनीति’    र ‘म्याग्गो कुटनीटि’ जास्ता कुटनीतिहरुको प्रयोय भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधामन्त्री भए लगत्तै पाकिस्तानले भारत सम्वन्ध सुधारका लागि पाकिस्तानका प्रधानमन्त्री नबाज सरिफले भारतीय प्रधानमन्त्री मोदीकी आमालाइ साडी उपाहार पठाएका थिए जसले साडी कुटनीतिको रुपमा चर्चा पायो । तर कुटनीतिक सुधारको परिणाम भने हात लागेन ।  कुटनीतिमा सम्वन्ध सुधारका लागि धेरै यस्ता अभ्यासहरु भइरहदा नेपालले गैडा कुटनीति प्रयोग गरेको छ ।

नेपाल चीन सम्वन्ध विकाशक्रम 

चीन विश्वमा जनसंख्याको हिसावले सवै भन्दा बढी र क्षेत्रफलको हिसावले चौथो ठुलो मुलुक हो । नेपाल र चीन बीचको सम्वन्धलाइ हेर्दा प्राचिनकालदेखि नै नेपाल र तिब्बत–चीन विच पारस्परीक सम्वन्ध कायम रहेको लिच्छवीकालीन वंशावलीमा पाईन्छ । चीनवाट मञ्जुश्री नेपाल आई काठमाडौं उपत्यकाको पानी बाहिर निकाली त्यहाँ बस्न योग्य बनाएको तथ्य भेटिन्छ । अंशुवर्माले आफ्नी छोरी भृकुटीको विहे तिब्बती राजा स्रङचङ गम्पोसँग गर्नु, लिच्छवी राजा उदयदेव र नरेन्द्रदेवले तिब्बतमा शरण लिनु, नेपाली भिक्षु बुद्धद्धारा चीनमा गएर बौद्ध धर्मको प्रचारप्रसार गर्नु, नेपाली कलाकार अरनीको (बलवाहु)ले नेपाली कलाकारको नेतृत्व गर्दै चीन जानु आदि रहेका छन् । चीनसँगको औपचारिक कुटनीतिक सम्वन्धको शुरुआत भने सन् १९५५ अगष्ट १ देखि भएको हो । यस अघि पनि नेपाल चीन सम्वन्धमा विभिन्न चरणहरु रहेका देखिन्छन् । वि.स. १८३२ मा नेपाल र चीन बिच भएको व्यापारिक सन्धी, वि.स. १८४६ को केरुङ सन्धी, वि.स. १८४९ को वेतात्रय सन्धी, वि.स. १९१२ को थापाथली सन्धि आदि प्रमुख रहेका छन् । तत्कालिन राजा विरेन्द्रको राज्यभिषेकको अवसरमा उनले वि.स. २०३१ फागुन १३ गते नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस भन्ने प्रस्ताव राख्दा छिमेकी मूलुक भारतले समर्थन गरेन । विश्वका ११६ मुलुकले सो प्रस्तावको समर्थन गरिसक्दा अहिलेसम्म पनि भारतले नेपाललाई शान्ति क्षेत्रको रुपमा स्वीकारेको छैन् । चीनले भने सन् १९७६ (वि.स. २०३३) मा सो प्रस्तावलाई स्वीकृती प्रदान गरेको तथ्यबाट नेपालको चिन भारतभन्दा असल छिमेकी राष्ट्र हो भन्ने बुझनुपर्छ । त्यसो त नेपालको परराष्ट्र नीति पंचशिल र असंग्लनताको सिद्धान्तमा आधारित छ ।

गैडा कुटनीतिको अर्थ

चीनले नेपालका विकासमा थुप्रै सहयोग गर्दै आएको छ । जसको उद्धाहरणका रुपमा  अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र भवन , कोदारी राजमार्ग, ट्रली बस, काठमाडौंको चक्रपथ, निजामती अस्पताल, काठमाडौं, भृकुटी कागज कारखाना, वीपी स्मृति क्यान्सर अस्पताल (भक्तपुर), सुनकोशी जलविद्युत आयोजना आदी महत्वपूर्ण निर्माण कार्यमा आर्थिक प्राविधिक सहयोग समेत प्रदान गरेको छ । यस्तो सम्बन्धलाई निरन्तर कायमै राख्दै दुई देशबीच परस्पर सहयोग क्षेत्र विस्तार गर्दै जानुपर्दछ । नेपालको उत्तरतर्फ करिब १४०० कि.मि. बढी सिमाना चीनसँग जोडिएको छ । चीन आफैमा विश्वको शक्तिशाली मूलुकको सूचिमा हुनुका कारणले नेपाल चीन परराष्ट्र सम्बन्धलाई विशेष कोणबाट हेर्न आवश्यक देखिन्छ ।

नेपालबाट चीनले आशा गरेको मुख्य कुरा भनेको नेपाल एक चीन नीतिमा होस भन्ने हो । नेपाल अहिलेसम्म यसमा दृढ र अडिग नै छ । यद्यपी फ्री तिब्बतको आन्दोलनमा  नेपाली भूमि प्रयोग हुनेमा चीन उतिकै संशकीत छ । नेपाली भूमि प्रयोग गरेर हुने चीन विरोधी गतिविधिले नेपाल चीन सम्बन्धमा प्रतिकुल प्रभाव पार्दछ । कुनै पनि वाहनामा यस्तो गतिवीधि हुन दिनु हुदैन् । यसको प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै सम्पन्न भारत भ्रमणमा गरेका छन् । सातौ आश्चर्च मध्ये एउटा ग्रेटवाल यही मुलुकमा पर्छ । चीन विश्वमा पर्यटक बढी आउने देश अन्तर्गत पर्दछ । अब गैड कुटनीति मार्फत पर्यटनका लागि चीन भ्रमणमा आउदा पर्यटकहरुले नेपाली गैडा देख्ने अवसर गैंडा हस्तान्तरणले सिर्जना गरेको छ । त्यसले नेपालको पर्यटन प्रर्वद्धन पक्कै सकारात्मक सहयोग पुर्याउने छ । सानो मुलुक भनिएपनि चीनसँग नेपालको प्रगाढ सम्वन्ध विश्व जगतसँग पुर्याइ राख्न सहयोग पुर्याउछ । अर्का तर्फ गैड सम्वन्धी अनुसन्धानका लागि नेपाल उपयुक्त हुने सन्देश गैड कुटनीतिले विश्व जगतमा प्रवाह गराइरहने छ । यसका साथै  भृकुटी र अंशुवर्मालाइ सम्मान दिने चीनया जनता र नेपाली जनता अर्थात जनता बीचको सम्वन्धलाइ पनि अझ प्रागढ बढाउदै लैजान सहयोग पुर्याउछ । अन्तयमा नेपाल लिन मात्र हैन दिन पनि जानेको छ भन्ने विषय भद्र र रुपसी गैडाले चीनको कुनै एउटा कुनै जु घरबाट  विश्व समुदायलाइ दिररहने छन् ती पर्यटकलाइ नेपाल जान प्ररित गर्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x